
थर्काेट समाचारदाता
तुलसीपुर ०५ माघ
नेपाल सरकारले २०८२ फागुन २१ गते हुन गईरहेको संसदीय निर्वाचनका लागि कुनै किसिमको घटना हुन नदिन अहिले देखि नैे सुरक्षा व्यवस्था कडा पारेको छ । सरकराले २०८२ फागुन २१ गते हुन गैरहेको संसदीय निर्वाचनलाई शान्ति पुर्बक सफल बनाउृनका लागि जिल्ला प्रहरी कार्यलय दाङ्गले सुरक्षा नितिलाई कडाईका साथ अगाडि बढाएको छ । निर्वाचनलाई धाधली रहित सु–सम्पन्न बनाउनका लागि नेपाल सरकारले एकातिर सम्पूर्ण सुरक्षा युनिटहरूलाई सुरक्षा व्यवस्था कडा बनाउन निर्देशन दिएको छ भने अर्कोतर्फ निर्वाचनमा बम बिष्फोट बनाई अराजक फैलाउने घोराही उपमहानगर पालिका –१३ निवासी बुद्धि बि.क.लाई खोजि कार्य तिब्र पारेको छ । नेपाल सरकारले उनी माथि २०७४ साल मंसिर १० गतेको चुनाबमा बम बिस्पोट र ज्यान मार्ने आरोप लगाएको छ । यसै गरि २०८२ पुस २ गते बिहान ११ः३० को समयमा उनलाई खोज्न उनको घरमा नेपाल प्रहरी पुगेको थियो । नेपाल प्रहरीले उनलाई घरमा नभेटेपछि फेरी २०८२ पुष ९ गते रातको १० बजेको समयमा घर भित्र पसेर कोठामा खान तलासी गरेको थियो । बुद्धि बि.क. लाई प्रहरीले नभेटेपछि उनको छिमेकी खुमा सुनारको घरमा पनि खानतलासी गरेको थियो । त्यहा पनि नभेटेपछि छिमेकी खुमा सुनारलाई बुद्धि बिकलाइ देखे पछि पुलिसको कन्ट्रोल फोन नम्बर १०० मा जानकारी गराउन अनुरोध गरेका थियो भने बुद्धि बिकको परिवारलाई बुद्धिलाइ आफै पुलिसलाइ बुजाउनुस यदि नबुजाएमा पुलिसले बुद्धि बिकलाइ गोली चलाउन बाध्य हुने छ भनि धम्कि समेत दिएको थियो । भने यस जिल्ला प्रहरी कार्यलय घोराहीका प्रहरी प्रमुखसङ्ग कुरा गर्दा २१ गते को चुनाबमा धाधली खत्रा हुन सक्ने आसंकामा हामी त्यस्ता व्यक्तिको खोजी कार्यलाई तिव्र पारेका छौ भनेर जवाफ दिएका थिए । घोराही उपमहानगरपालिका– १३ निवासी बुद्धि बिक २०७४ साल १० गते को चुनाबमा मनिकापुर घटनामा मुख्य आरोपी बुद्धि बिकको आयोजनामा बम बिस्पोटको घटना भएकाले फेरि पनि त्यही घटना हुन नदिन त्यस्ता व्यक्तिलाई हामीले खोजी कार्य तिब्र पारेका छौ भनि जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुखले जानकारी दिनुभएको थियो ।
तपाईलाई पनि मन पर्न सक्छ
-
संसदीय चुनाव सफल बनाउनका लागि नेपाल प्रहरीद्वारा विभिन्न कुटनितीमा तिव्रता
-
सगरमाथामा ‘फुड फेस्टिबल’ तथा खाद्य मेला सम्पन्न, विद्यार्थीलाई श्रम, सम्मानका लागि उद्यमशील बनाउँदै
-
आचार्यकुलम् दोस्रो वार्षिक साधारणसभा सम्पन्न
-
सिद्वबाबा कृषि सहकारी संस्था लिमिटेड तुलसीपुर–३ डाँडाखुट्टीको १२औं वार्षिक साधारणसभा असोज २५ मा हुने
-
भारतिय दुतावासद्वारा मावि सौडियारलाई यातायात सेवा सुचारू,

