संसदीय चुनाव सफल बनाउनका लागि नेपाल प्रहरीद्वारा विभिन्न कुटनितीमा तिव्रता

थर्काेट समाचारदाता
तुलसीपुर १८ फागुन
२०८२ फागुन २१ गते हुन गईरहेको संसदीय निर्वाचनलाई सफल बनाउनका लागि नेपाल प्रहरीले संकास्पद व्यक्तिहरूलाई खोजिकार्य तिव्र पारेको छ । यसैक्रममा दाङको तुलसीपुर उपमहानगरपालिका –१७ निवासी वर्ष ३४ का मिथुन बिंकलाई २०८२ मंसिर १३ गते बेलका ६ः३० बजेको समयमा उनको घरमा ५÷६ जना प्रहरीको टोली हात हतियार सहित पक्राउ गर्न गएको थियो ।

नेपाल प्रहरीले दाङको तुलसीपुर उपमहानगरपालिका –१७ निवासी वर्ष ३४ का मिथुन बिंकलाई नभेटेपछि प्रहरीले घरमा बसेर काम गरिरहेकी उनकी आमालाई तेरो            छोरो कहाँछ तुरून्त सम्पर्कमा लेउ भनेर धम्काएका थिए । प्रहरीले यदि छोरालाई सम्पर्कमा नल्याए गोली हानेर मार्ने समेत धम्की दिएका थिए ।  

  उनलाई २०७४ मंसीर १० गतेको चुनाव बहिष्कार गर्न विभिन्न ठाउँहरूमा रहेका बुथ केन्द्रहरूमा तथा बुथ राख्ने ठाउँहरूमा हवाई फायर गर्ने, चुनाव हुनुहुँदैन भन्ने भ्रम फैलाउने,  कुटपिट गर्ने लगायतका आरोपहरू प्रहरीले लगाएको थियो ।     

 यसैबिच  घोराही उपमहानगरपालिका– १३ का राजन के.सीलाई चुनावी मैदानमै गोली हानेको आरोप छ । राजन के.सी खुट्टामा गोली लागेर घाईते भएका थिए । तलासी गर्दा उनलाई घरमा भेटन नसकेपछि प्रहरीले उनको छिमेकी खुमा सुनारको घर पनि खान तलासी गरेको थियो । तुलसीपुर उपमहानगरपालिका–१७ निवासी नेपाल कम्युनिष्ट पार्टी (बिप्लवका) जिल्ला संयोजक रहेको नेपाल  प्रहरीले जनाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *