
थर्काेट समाचारदाता
तुलसीपुर २५ माघ
तुलसीपुर उपमहानगरपालिका १० गोलौरीमा सञ्चालित आचार्यकुलम् दाङले एक कार्यक्रम बिच आफ्नाे दोस्रो वार्षिक साधारण सभा सम्पन्न गरेकाेण छ। शिक्षा, योग, संस्कार र संस्कृत अध्ययनलाई एकैसाथ अघि बढाउँदै समाज रूपान्तरणको अभियानमा जुटेको आचार्यकुलम् दाङले साधारणसभा मार्फत आफ्नो भावी योजना र सामाजिक प्रतिबद्धता सार्वजनिक गरेको हाे। आचार्यकुलम् दाङका अध्यक्ष दीपक बस्यालकाे अध्यक्षता एंव साध्वी देव कृपा ज्यूको प्रमुख आतिथ्यतामा दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको हाे । कार्यक्रममा लुम्बिनी प्रदेश प्रभारी प्रेम शाह, पतञ्जलि योग समिति नेपालका आजीवन सदस्य उत्तम कुमार श्रेष्ठ लगायत विशिष्ट अतिथिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
सभाध्यक्ष तथा संस्थाका अध्यक्ष दीपक बस्यालले आफ्नो मन्तव्यमा आचार्यकुलम् दाङ नेपालमै शिक्षा मात्र नभई संस्कार, योग र संस्कृत पढाइ हुने पहिलो विद्यालय भएको बताउनुभएको थियो। उहाँले आगामी दिनमा नयाँ भवन निर्माण गर्ने, विद्यालयमा करिब ५०० विद्यार्थी अध्ययन गर्न सक्ने क्षमताको संरचना विस्तार गर्ने तथा विद्यार्थीको सहजताका लागि यातायात सेवा थप गर्ने दीर्घकालीन योजना भएको कुरा सार्वजनिक गर्नुभएकाे थियो।
साथै उहाँले सामाजिक उत्तरदायित्वलाई संस्थाको मूल आधार बनाउँदै अनाथ तथा असहाय बालबालिकाहरुलाई निःशुल्क शिक्षा प्रदान गर्ने, उनीहरूको लालनपोषणदेखि सम्पूर्ण खर्च आचार्यकुलम् दाङले नै व्यहोर्ने ऐतिहासिक निर्णय सभामा सार्वजनिक गर्नुभएकाे थियो। आगामी वर्षदेखि संस्थाको सदस्य संख्या एक हजार पुर्याउने लक्ष्य सहित आचार्यकुलम् दाङलाई शिक्षा र सेवाको नमूना केन्द्र बनाउने प्रतिबद्धता उहाँले व्यक्त

गर्नुभयो। प्रमुख अतिथि साध्वी देव कृपा ज्यूले योग, संस्कार र संस्कृत शिक्षाले मानव जीवनलाई अनुशासित र समाजलाई शुद्ध बनाउने बताउँदै आचार्यकुलम् दाङले आधुनिक शिक्षासँगै वैदिक संस्कारको पुनर्जागरण गरिरहेको उल्लेख गर्नुभयो। लुम्बिनी प्रदेश प्रभारी प्रेम शाहले आचार्यकुलम् दाङको शैक्षिक तथा सामाजिक अभियानलाई अनुकरणीय बताउँदै योग, शिक्षा र संस्कृत अध्ययनको संयोजनले समाजमा सकारात्मक परिवर्तन ल्याइरहेको धारणा राख्नुभयो। पतञ्जलि योग आजीवन सदस्य समिति नेपालका प्रतिनिधि उत्तम कुमार श्रेष्ठले पनि संस्थाको लक्ष्य प्राप्तिमा निरन्तर सहकार्य रहने प्रतिबद्धता व्यक्त गर्नुभएकाे थियो।
विद्यालयको प्रगति प्रतिवेदन प्रधानाध्यापक मिलन बुढाथोकीले प्रस्तुत गर्नुभयो भने कोषाध्यक्ष दानबहादुर बुढाथोकीले आर्थिक प्रतिवेदन सार्वजनिक गर्दै संस्थाको पारदर्शिता र सुशासनबारे जानकारी गराउनुभएकाे थियो। सचिव टेक प्रकाश केसीले २०७९ फागुनदेखि २०८२ माघ ३ महिना ३२ दिन सम्मको संस्थागत प्रगति प्रतिवेदन प्रस्तुत गर्दै शिक्षा, योग, संस्कृत अध्ययन तथा सामाजिक सेवामा हासिल उपलब्धिहरू सभासमक्ष राख्नुभएकाे थियो। दोस्रो वार्षिक साधारण सभाले नयाँ भवन निर्माण, ५०० विद्यार्थी क्षमताको विस्तार, यातायात सेवा, अनाथ बालबालिकाको निःशुल्क शिक्षा तथा संस्कृत शिक्षासहितको शैक्षिक मोडेल मार्फत आचार्यकुलम् दाङलाई राष्ट्रिय स्तरको नमूना विद्यालय बनाउने दृढ संकल्प गरेको निष्कर्ष निकालेको छ। प्रलाहद शाहकाे स्वागत मन्तव्य रहेकाेले कार्यक्रमकाे सहजीकरण दुर्गाप्रसाद भण्डारीले गर्नुभएको थियो ।
तपाईलाई पनि मन पर्न सक्छ
-
संसदीय चुनाव सफल बनाउनका लागि नेपाल प्रहरीद्वारा विभिन्न कुटनितीमा तिव्रता
-
सगरमाथामा ‘फुड फेस्टिबल’ तथा खाद्य मेला सम्पन्न, विद्यार्थीलाई श्रम, सम्मानका लागि उद्यमशील बनाउँदै
-
संसदीय निर्वाचनका सम्पन्न लागि सुरक्षा व्यवस्था कडा
-
सिद्वबाबा कृषि सहकारी संस्था लिमिटेड तुलसीपुर–३ डाँडाखुट्टीको १२औं वार्षिक साधारणसभा असोज २५ मा हुने
-
भारतिय दुतावासद्वारा मावि सौडियारलाई यातायात सेवा सुचारू,

