दाेर्ण के.सी.
तुलसीपुर ३ भदाै
तुलसीपुर दाङको तुलसीपुरमा तीज विशेष साँस्कृतिक नृत्य प्रतियोगिता -२०८२ भव्य रुपमा सम्पन्न भएकाे छ । राष्ट्रिय निजी तथा आवासिय विद्यालय एसाेसिएसन नेपाल (नेशनल प्याब्सन तुलसीपुर दाङ) काे आयाेजजामा हिन्दु नारीहरुकाे महान चाड हरितालिकाल तिजकाे अवसरमा आयाेजित तीज विशेष साँस्कृतिक नृत्य प्रतियोगिता -२०८२ भव्य रुपमा

सम्पन्न भएकाे हाे । नेशनल प्याब्सन तुलसीपुरका अध्यक्ष सुमन केसीकाे अध्यक्षता एंव तुलसीपुर उपमहानगरपालिकाका शिक्षा अधिकृत मन बहादुर खड्काकाे प्रमुख आतिथ्य तथा राष्ट्रिय निजी तथा आवासिय विद्यालय एसाेसिएसन नेपाल (नेशनल प्याब्सन दाङका) अध्यक्ष सालिकराम कार्कीकाे विशिष्ट आतिथ्यतामा सम्पन्न भएको हाे । नेशनल प्याब्सन दाङका वरिष्ठ उपाध्यक्ष तथा राप्ती बाल एकाडेमीका प्रिन्सिपल ठाकुर

प्रसाद डाँगी, नेशनल प्याब्सन दाङका सचिव छवि कुमार वली लगायतले शुभकामना मन्तव्य दिनुभएको थियाे । विभिन्न १५ विद्यालयकाे सहभागीता रहेकाे साे प्रतियोगिता मा अमृत एकाडेमी प्रथम, सगरमाथा बालबाटिका स्कुल द्वितीय, शिखा इङ्ग्लिस बोर्डिङ स्कुल तृतीय र लोकप्रिय एकाडेमी सान्त्वना विजेता बनेका थिए । स्थान प्राप्त विद्यालय र विद्यार्थीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो।
नेशनल प्याब्सन तुलसीपुर दाङका उपाध्यक्ष लिलाधर भण्डारीकाे स्वागत मन्तव्य रहेकाे कार्यक्रमकाे सहजिकरण नेशनल प्याब्सन तुलसीपुर दाङका सचिव रमेस पाैडेलले गर्नुभएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *