भगवती प्रांथमिक विद्यालय डांडाखुट्टीले गर्यो केसी दम्पतीलाई सम्मान

जनपथखबर समाचारदाता
तुलसीपुर १९ साउन
भगवती प्राथमिक विद्यालय तुलसीपुर ३ डांडाखुट्टीले सोमबार एक कार्यक्रमको आयोजना गरि केसी दम्पतीलार्य सम्मान गरेको छ । विद्यालयले पूर्व शिक्षक तथा हाल बरिष्ठ प्रहरी नायब निरीक्षक शिक्षा प्रेमी ,समाजसेवी वुद्दिजिवी मनकारी आदरणीय व्यक्तित्व देब बहादुर के. सी. र उहांकि धर्मपत्नी शान्ता के. सीले, स्व. छोरी सविना के. सीको जन्मदिन र बुबा स्व. गोपिलाल गैरे ज्यूको ४५औं दिनको पूण्य तिथिको अवसरमा ८थान पानीको जार र ७ थान पंखा उपलव्ध गराएर सरस्वती रूपी विद्याको पवित्र मन्दिरमा पूण्य कार्य गरेकाले विद्यालयले उहाँको दम्पतीलाई सम्मान गरेको हो । उहांहरुको छोरी सविना र बुबाको आत्माको चिर शान्तीको कामना सहित के. सी. परिवारको सुस्वास्थ्य, दिर्घायू तथा उत्तरोत्तर प्रगतिको कामना सहित यस विद्यालयले उहाँहरुलाई सम्मान गरेको हो । यस्तै मनकारी सहयोगी दाताहरूको सहयोगको लागि विद्यालयले सबैमा अपेक्षा राखेको गर्दै आभार समेत प्रकट गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *