वर्षातसँग झरेको पहिरोको कारण दाङ– सल्यान सडक खण्डको यात्रा सधैँ सकस ।बुझेरमात्र यात्रा गर्न यात्रुहरुलाई प्रहरीको अनुरोध

जनपथखबर समाचारदाता
दाङ, १९ साउन ।
राप्ती राजमार्ग अन्तर्गत दाङ र सल्यान सडक लगातार वर्षातको कारण मौसम परिवर्तन भएलगत्तै टाढाका यात्रुहरुका लागि सकस बन्दै आएको छ । सो सडकखण्डमा वर्षा सुरुभएपछि पटक–पटक खस्ने पहिरोका कारण यात्रुले जोखिमपूर्ण यात्रा गर्नु परेको । आइतबार दिनभर आएको अविरल वर्षतका कारण सो सडक पाँच पटक अवरुद्ध बनेको उक्त थियो । वर्षतका कारण अवरूद्व भएको सो सडक राति करिब १० बजेतिर मात्रै खुल्न सफल भएको प्रहरीले जनाएको हो । दाङको तुलसीपुरबाट जाँदै गरेको दार्मा गाउँपालिकाको जेसिबी प्रयोग गरी खसेको पहिरो हटाएपछि यातायात सञ्चालनमा आएको कपुरकोट प्रहरी चौकीका प्रमुख टंकेश्वर भट्टराईले जानकारी दिनुभएको हो । उहाँका अनुसार हाल सडक सञ्चालनमा आए पनि वर्षा सुरु हुनेबित्तिकै पहिरो खस्ने समस्या यथावत् रहेकोले यात्रा गर्दा सोचेर बुझेर मात्र यात्रा गर्नुहुन उहाँले सबै यात्रुहरूमा अनरोध गर्नुभएको छ । ‘सडक खुलेको छ तुरून्त पानी परेपछि पुनः बन्द हुने सम्भावना बढि रहन्छ ।’ ‘त्यसैले यात्रुले अत्यावश्यक परेमा मात्र यात्रा गनुहोला ।’सडक अवरुद्ध हुँदा यात्रु घण्टौँसम्म बाटोमा अल्झिनुपरेको छ । सवारी साधन रोकिने भएपछि बिरामी बोकेका एम्बुलेन्सदेखि सर्वसाधारण यात्रुसम्मलाई ठुलो असुविधा हुने गरेको कपुरकोट प्रहरी चौकीका प्रमुख भट्टराईले जानकारी दिनुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *