गढवाका भूमिही दलित र सुकुम्बासीले पाए लालपुर्जा

थर्कोट समाचारदाता
गढवा २४ साउन
गढवा गाउँपालिकामा भूमिहीन दलित र सुकुम्बासीलाई जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण गरिएको छ ।गढवा गाउँपालिका–२ स्थित डाँडाटोलमा चारदशकदेखि बसोबास गर्दै आउएका नौ घर भूमिहीन दलित र सुकुम्बासी परिवारलाई प्रतिव्यक्ति चार धुरदेखि पाँच कट्ठा १७ धुरसम्म गरेर एक बिघा १२ कट्ठा एक धुर जग्गाको लालपुर्जा वितरण गरिएको हो । गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा भूमि समस्या समाधान आयोगका अध्यक्ष हरिप्रसाद रिजाल, लुम्बिनी प्रदेश सभा सदस्य इन्द्रजित थारूलगायतले डाडाँटोलबासी मंगलप्रसाद चौधरी, रामबहादुर चौधरी, हिरालाल विक, बिच्छु कामी, सुइटी विश्वकर्मा, पदमप्रसाद शाह, सीता बैजाली घर्ती, पूर्ण पुन मगर र तारा पुन मगरलाई जग्गाको स्वामित्व प्रमाणित गर्ने लालपुर्जा हस्तान्तरण गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *