
जनपथखबर समाचारदाता
दाङ, १९ साउन ।
हिमाल एकेडेमी तुलसीपुरमा कक्षा ८ मा अध्ययनरत आदित्य चौधरीलाई संगै पढ्ने साथीहरुले आर्थिक सहयोग गरेका छन् । तुलसीपुर–११ सुकौराका निवासी चौधरीका बुवा तुलसीराम चौधरीको मृगौला फेल भएर केहि दिनअघि निधन भएको थियो । कलिलो उमेरमै बुवा गुमाएपछि आर्थिक समस्यामा रहेका चौधरी परिवारलाई सहपाठी साथीहरुले ३० हजार ४५ रुपैँया सहयोग गरेका हुन् । विद्यार्थीले आ–आफ्नो खाजा खर्च कटौति गरेर संकलन गरेको रकम, विद्यार्थी अनुपस्थित हुँदा संकलन भएको जरिवाना रकम र शिक्षक कर्मचारीबाट संकलन गएको रकम आदित्यको परिवारलाई आइतबार घरमै पुगेर हस्तान्तरण गरेको विद्यालयका शिक्षक सालिकराम वलीले जानकारी दिनुभएको हो । घरको कमाउने व्यक्ति नै गुमाएपछि समस्यामा रहेको चौधरी परिवारलाई केहि भएपनि सहयोग पुगोस् भनेर नगद सहयोग गरिएको विद्यालयले जनाएको हो । संकलित रकम आदित्यको आमा उर्मिला चौधरीलाई हस्तान्तरण गरिएको हो । समस्यामा परेको समयमा सहयोग प्राप्त गरेपछि आदित्यको आमा उर्मिलाले विद्यार्थी र विद्यालय परिवारलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । सहयोग हस्तान्तरण कार्यक्रममा विद्यालयका शिक्षक सालिकराम वली, बिजय गुप्ता, बिमला केसी, गिता चौधरी, विद्यार्थीहरु प्रज्ञा बम, आयुषा परियार, माया वली, आयुष चौधरी, गौरब रावत , विपिन चौधरी लगायतको टोली सहभागी रहेको थियो ।
तपाईलाई पनि मन पर्न सक्छ
-
संसदीय चुनाव सफल बनाउनका लागि नेपाल प्रहरीद्वारा विभिन्न कुटनितीमा तिव्रता
-
सगरमाथामा ‘फुड फेस्टिबल’ तथा खाद्य मेला सम्पन्न, विद्यार्थीलाई श्रम, सम्मानका लागि उद्यमशील बनाउँदै
-
आचार्यकुलम् दोस्रो वार्षिक साधारणसभा सम्पन्न
-
संसदीय निर्वाचनका सम्पन्न लागि सुरक्षा व्यवस्था कडा
-
सिद्वबाबा कृषि सहकारी संस्था लिमिटेड तुलसीपुर–३ डाँडाखुट्टीको १२औं वार्षिक साधारणसभा असोज २५ मा हुने

